बिहिबार, बैशाख १३, २०८१

आज ५ बर्ष मुनिका बालबालिका लक्षित बृहत खोप अभियान सञ्चालन हुँदै

काठमाडौं बैशाख ३१,
सरकारले आज बृहत खोप अभियान सञ्चालन गर्दैछ । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिका लक्षित हुँदै आज खोप अभियान सञ्चालन गर्न लागेको हो ।

सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइँदैछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज जन्मने बित्तिकै लगाउने बीसीजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पीसीभी, डीपीटी, र हेप बी हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डीपीटी, र हेप बी हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बी हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पीभी, पीसीभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाईने जनाएको छ ।