शुक्रबार, बैशाख १४, २०८१

७ दिनभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ दललाई आयोगको निर्देशन

 काठमाडौं बैशाख २९,
निर्वाचन आयोगले ८२ राजनीतिक दललाई आफ्नो लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरेर सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेश गर्नु पर्ने कानूनी व्यवस्था संगै आयोगमा पेश भएका प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो ।

त्यस्तै आयोगले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दल मुस्कान सेना नेपाल पार्टी, शिब सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई लेखापरीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधि भित्र किन पेश नगरेको साताव्यापी स्पष्टीकरण समेत सोधेको छ ।

यसैगरी आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश नगरी सो समयावधि व्यतित गर्ने ९ राजनीतिक दललाइ आफ्नो सफाई सहितको स्पष्टीकरण ७ दिनभित्र पेश गर्न समेत निर्देशन दिइएको छ ।