सोमवार, बैशाख १७, २०८१

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : अदालतको फैसलापछि मात्रै खाँडलाई कारबाही

 काठमाडौं बैशाख २९,
नेपाली कांग्रेसको बिहीबार बसेको पदाधिकारी बैठकले नेता बालकृष्ण खाँडलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता एवम् केन्द्रीय सदस्य खाँडले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

 उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कुनै पनि मतभेद् नभएको बताए । उनले पक्राउ पर्ने बित्तिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष छानबिनको माग गर्दै छानविनको क्रममा दोषी देखिए तत्काल कारवाही गर्ने निति काँग्रेस पदाधिकारी बैठकले तय गरेको हो ।