शुक्रबार, बैशाख १४, २०८१

सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए विभागीय कारबाहीको चेतावनी

 काठमाडौं बैशाख २९,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले खटाएकारसरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति बढेसंगै सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ।

खटाएको ठाउँमा नजाने प्रवृत्तिले कार्यसम्पादनमै असर पर्ने निष्कर्षसहित मन्त्रालयले यस्तो निर्णय गरेको सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले बताउनुभयो ।

त्यस्ते महाशाखा प्रमुख तामाङले सरुवा गरेको ठाउँमा नजाने कर्मचारीको संख्या ठूलो रहेको जनाउ सहित आकर्षक मानिएका कार्यालयमा वर्षौंदेखि काम गर्दै आएका कर्मचारी नयाँ कार्यालयमा जानुपर्‍यो भने विभिन्न बहाना पारेर जाँदैनन्। केही ठाउँमा कार्यालय प्रमुखसँगको मिलेमतोमा पनि सरुवा भएको कार्यालयमा नजाने प्रवृत्ति कर्मचारीमा देखिएको बताए ।

त्यस्ते मन्त्रालयले यसपटक गरेको परिपत्रमा सामान्य प्रशासन मन्त्रालय लगायत अन्य मन्त्रालयहरूबाट विभिन्न मितिमा निजामती सेवा ऐन, २०४९ अनुसार पदस्थापन गरिएका, सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका कर्मचारीलाई रमाना दिएर जानकारी गराउन भनिएको छ।

यसैगरी सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा रमाना लिने अवधि गुज्रिएपछि साबिकका निकाय, कार्यालयबाट ती कर्मचारीहरूको बिदा स्वीकृत नगर्नरनगराउन पनि निर्देशन दिइएको छ ।

त्यस्तै सरुवा भएको कार्यालयमा हाजिरी रमाना नदिने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई समेत विभागीय सजायसम्बन्धी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत परिपत्रमार्फत दिइएको छ।