आइतवार, जेष्ठ १४, २०८०

नेपाल र इजरायलवीचको द्विपक्षीय कूटनीतिक सम्बन्ध थप बलियो हुने राजदुत गोडरको विस्वास

काठमाडौं बैशाख २९,
बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एसियाको सानो देश इजरायलले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औ वर्षको अवसरमा बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमा  उपराष्ट्रपति यादवले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमको सुरुआतमा कुटुम्ब ब्यान्डले नेपालको राष्ट्रिय गान सयौं थुंगा फूलका हामीको धुनबाट शुरु भएको उक्त कार्यक्रममा नेपालका लागि इजरायली राजदुच गोडरले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वको सर्वाधिक होचो स्थान मृतसागर रहेको भूमध्यसागरको किनारमा अवस्थित इजरायलसँग १ जुन १९६० जुन १ मा स्थापित भएको द्विपक्षीय कूटनीतिक सम्बन्ध समेत ६३ औ वर्ष पुगेको जनाउ सहित त्यसवेला विस्तार भएको यो सम्बन्ध सदैव सुमधुर रहने र भविष्यमा थप बलियो बनाउँदै लैजनो विस्वास समेत व्यक्त गर्नुभयो ।

बहुआयामिक नेपाल–इजरायल सम्बन्धका कारण इजरायले नेपालको कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ । इजरायले कृषिमा गरेको उन्नतिबाट नेपालले प्रचुर लाभ समेत प्राप्त गर्दै आीयरहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930