आइतवार, जेष्ठ १४, २०८०

संसद बैठक: नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मत रूपमा स्वीकृत

काठमाडौं वैशाख २७ ,

प्रतिनिधिसभाको आजको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मत रूपमा स्वीकृत गरेसंगै मिटरब्याजपीडितको समस्या सम्बोधन गर्ने मार्ग प्रसस्त भएको छ ।   आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

यसअघि सरकारले मिटरब्याजपीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरे अनुरप उक्त अध्यादेश गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो।

बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएसंगै सर्वसम्मत रूपमा स्वीकृत भएको व्यहोरा सदस्यलाई जानकारी दिनुभएको हो।  प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते अपराह्न १ बजे बस्नेछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930