बिहिबार, चैत्र १५, २०८०

नेता होस् कि नाता दोषी कसैलाइपनि नछोड्न गगनको आग्रह

काठमाडौं वैशाख २७ ,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाब र प्रभाव रहित भएर गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्लाले प्रभावित नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै नेता थापाले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै कुनै पनि भेटघाटबाट पनि प्रभावित हुन नहुँनेमा जोड दिदै    उहाँले ‘निर्दोष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, कसैलाइपनि नछोड्न आग्रह गर्दै सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारासंगै तपाइँको फिल्म हाउस फुल हुन्छ नत्र हल खाली हुने बताउनुभयो।