सोमवार, बैशाख १७, २०८१

३ दलका नेताहरूवीचको भेटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन: प्रम प्रचण्ड

काठमाडौं वैशाख २७ ,

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार र बुधवारभएको ३दलका शीर्ष नेताहरूवीचको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताउनुभएको छ ।

आज सिंहदरबारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको र पछिल्लो समय ‘मिडियामा जसरी शीर्ष नेताको भेटलाइ नक्कली भुटानी शरणार्थी प्रकरणसँग प्रचार गरिएको त्यो केलव प्रचारवाजीमात्र भएको बताउनुभएकोछ ।

हामीवीचको भेट सदनको प्रभावकारिता आगमी बजेट लाइ थप प्रभावकारी बनाउँने विषयमा केन्द्रीत रहेको बताउनुभएकोछ । साथै उहाँले ‘नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको समेत जनाउ दिनुभएको छ ।’

साथै उहाँले यसअघिनै हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ । प्रहरीले आफ्नो काम गरेको छ । यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण नभएको बताउनुभयो ।