सोमवार, बैशाख १७, २०८१

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाइ थप चार दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं वैशाख २७ ,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण थप चार दिन थुनामा राखेर प्रस्तुत प्रकरणको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराएको हो।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेका आरोपितहरूको बयानका आधारमा पूर्वमन्त्री खाणलाइ अनुसन्धानका लागि प्रहरीले बुधबार मैंजुबहालस्थित निजी निवासबाट पक्राउ गरेको हो ।