सोमवार, बैशाख १७, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण र स्वकीय सचिव केसी पक्राउ

काठमाडौं बैशाख २७,
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । कांग्रेस नेता खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी चाबहिल, मैजुबहालस्थित निवासबाट बुधबार बिहान पक्राउ गरिएको हो । ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राऊ परेका व्यक्तिहरुले दिएको बयानका आधारमा दोषी देखिएपछि पूर्वगृहमन्त्री खाणलाइ पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका काँग्रेस नेता खाणले यसअघि प्रस्तुत प्रकरणमा आफ्नो कुनै संग्लनता नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

यद्यपी पूर्वगृहमन्त्री खाणले शरणार्थी प्रकरणमा मानिसहरु अमेरिका पठाउन मन्त्रीस्तरबाट निर्णय गरेर ताकेता गरेको प्रमाण संगै खाणकी पत्नी मञ्जु खाण र कांग्रेस नेतृ आरजू राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवाद समेत यसअघि नै सार्वजनिक भइसकेको   छ ।

प्रस्तुत प्रकरणमा प्रहरीले एक पछि अर्को गर्दै ११ जनालाई पक्राउ गरिसकेको छ । जसअनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी,

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल, गोविन्द चौधरी र रामशरण केसी रहेका छन ।