मङ्लबार, बैशाख ११, २०८१

राप्रपाका सांसदले अवरोध गरेसँगै बैठक स्थगित

काठमाडौं बैशाख २७,
गत बैशाख २५ देखि प्रि-बजेट माथि हुँदै आएको छलफलको निरन्तरता अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा प्रि९बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिँने कार्य सूची रहेको छ ।

गत आइतबार बसेको प्रतिनिधि सभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेको हो ।

यसैवीच आज ११ बजे शुरु भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठकमा राप्रपाका सांसदले अवरोध गरेसँगै बैठक स्थगित भएको हो ।  बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि सदन अवरोध भएको हो । बैठक शुरु भएदेखि नै राप्रपाका सांसदले अवरोध गर्दै सभामुखको अघि पुगेर नाराबाजी समेत गरेका थिए ।

सांसदहरूले कि हामीलाई बाहिर निकाल्नु पर्‍यो कि जनताको कुरा राख्न दिनुपर्‍यो भनेका थिए ।ु साथै भ्रष्टाचारीलाई जेल हाल्न माग गर्दै होल्ला भएसंगै बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको हो ।