सोमवार, बैशाख १७, २०८१

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका अध्यक्ष लामिछानेवीच भेटवार्ता

तस्बिर ः प्रदीपराज वन्त

काठमाडौ बैशाख १७

गत बैशाख १० मा सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित रास्वपाका अध्यक्ष रवि लामिछानेले आज प्रधानमन्त्री ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रम प्रचण्डले लामिछानेलाइ उपनिर्वाचनमा निर्वाचित हुनुभएको बधाइ ज्ञापन गर्नुको साथै उहाँहरुवीच मुलुकको समसामयिक राजनीतिक अवस्था अन्र्तगत रास्वपाको सरकारप्रतिको धारणा लगायतका विषयमा छलफल भएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

यसैवीच प्रम प्रचण्डसंग भएको छलफल संगै मुलुकको पछिल्लो राजनीतिक विषयगत एजेन्दा केन्द्रीत हुँदै सोमवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकमा समेत छलफल हुने बुझिएको छ।     यसअघि रास्वपाले सरकारलाइ दिदै आएको समर्थन समेत फिर्ता गर्न सक्ने जनाउ दिएको थियो ।