शनिबार, बैशाख १५, २०८१

सत्ता साझेदार ५ दलवीच टिआरसिको विषयगत एजेन्दामा छलफल हुँदै

फोटो : प्रदीपराज वन्त

काठमाडौं वैशाख ४,
सत्ता गठबन्धन दलका शीर्ष नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग सँग सम्बन्धित विषयमा बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्रकुमार श्रेष्ठ छलफलमा सहभागी हुनुहुन्छ ।

 यसअघि आजै प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्याय एवम् सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विधेयकमा सत्ता गठबन्धनका शीर्ष नेता एवम् प्रमुख प्रतिपक्षी दल नेकपा  एमाले  अध्यक्ष केपी ओलीसँग छलफल गर्नुभएको थियो ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको सहभागि रहनुभएको छ ।