आइतवार, बैशाख १६, २०८१

१०४ जनामा कोभिड संक्रमण, थप एकको मृत्यु

 काठमाडौं वैशाख ४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोभिड संक्रमण पुष्टिसंगै संक्रमणका कारण एकजनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।