सोमवार, बैशाख १७, २०८१

थिमीको बोडेमा मनाइयो जिब्रो छेड्ने जात्रा, पहिलो पटक सुजनले छेडे जिब्रो

[फाइल फोटो]

भक्तपुर बैशाख २,
बिस्केट जात्राको छैठौ दिन आज मध्यपुर आज थिमीको बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइएकोछ ।  मध्यपुरथिमी नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएको हो । शनिबार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

जिब्रो छेड्ने जात्राका लागि कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्राका लागि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले सयौं मानिसहरूकै अगाडि सुजन बागले पहिलोपटक जिब्रो छेड्ेको हो । यसअघि बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेडेने गर्थो ।

 यसअघि मध्यपुर थिमिको बालकुमारीमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा र सहित बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट जात्रा गरिएको थियो ।