शुक्रबार, बैशाख १४, २०८१

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,कुल ८ सय २९ मत खस्यो

काठमाडौं चैत ३,
मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कुल ८ सय २९ मत खसेको छ । निर्वाचनमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहेको थियो ।

संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता मध्ये राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ गरि १५ संसद सदस्यले मतदानमा सहभागीता जनाएनन । त्यसैगरी एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि जसपाका रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेको प्रस्तुत निर्वाचनको मतदान प्रक्रिया सकेलगत्तै मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतगणना सुरु भएको हो । केहीबेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।