बिहिबार, बैशाख १३, २०८१

उपराष्ट्रपति निर्वाचन:८८१ मध्ये ८०१ मत खस्यो,साँझ ६ बजेसम्म मतपरिणाम घोषणा हुने

काठमाडौं चैत ३,
मुलुकको तेस्रो उपराष्ट्रपति चयनका आज हुँदै गरेको मतदानमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता मध्ये साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ । संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् । सहायक निर्वाचन अधिकृत शर्मालेमतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने तयारी रहेको उहाँले    बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728