शुक्रबार, बैशाख ७, २०८१

गणतान्त्रिक नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

 काठमाडौं चैत ३,
गणतान्त्रिक नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।  आज सम्पन्न निर्वाचन माफत सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जनता समाजवादी पार्टीका नेता रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो। संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको थियो ।

 संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको कायम गरिएको मतभार ४८ अनुसार यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । यादवले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य बोहराले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् भने जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728