शुक्रबार, बैशाख १४, २०८१

जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि युएईविरुद्ध निर्णायक खेल खेल्दै नेपाल

काठमाडौँ चैत २,

आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय सिरिज अन्र्तगत आज नेपाल र संयुक्त अरव इमिरेट्सवीच अन्तिम तथा निर्णायक खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गर्ने भएको छ भने युएईले पहिलो ब्याटिङ गर्ने भएको हो ।

आजेको खेलमा नेपालले युएईलाइ पराजित गर्न सक्यो भने आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै प्रवेश पाउँनेछ । यदि पराजित भएमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने विश्वकप छनोट खेलको क्वालिफायर प्लेअफ खेल्नुपर्ने क्यान सम्वद्ध पदाधिकारीहरुले जनाएके छ ।

स्मरण रहोस लिगमा ३५ खेल खेलेको नेपाल १८ जित र १५ हारसहित ३८ अंकका साथ लिग तालिकाको चौथो स्थानमा रहेको छ । सबै खेल सकेको नामिबिया ३९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।यसअर्थमा संयुक्त अरव इमिरेट्समाथि नेपालले जित्नुको विकल्प छैन

यदि नेपालले आज को खेल नेपालले जितेका नामिबिया चौथो स्थानमा झर्नेछ भने नेपालले शीर्षतीनमा स्थान बनाउँदै जिम्बावेको यात्रा तयको मार्ग प्रसस्त हुने छ । ज्ञात रहोस लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने प्रावधान छ ।