बुधबार, बैशाख १२, २०८१

उपराष्ट्रपतिमा जुटेन सहमति ,आज पुन:सत्ता गठबन्धन आवद्ध १० दलको बैठक बस्दै

काठमाडौँ  चैत २,
शुक्रवार हुने उपराष्ट्रपति निर्वाचन लक्षित हुँदै बुधवार बसेको सत्ता गठबन्धन आवद्ध १० दलको बैठक विना निष्कर्ष सकिएको छ। उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेपनि बैठकले कुनै निष्कर्ष पहिल्याउँन नसकेपछि आज पुन बैठक बस्ने तयारी रहेको बुझिएको    छ ।

स्मरण रहोस उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन्। जनता समाजवादी पार्टीका रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति हुन बन्न नसकेपछि आज अन्तिम बैठक बसेर उम्मेदवारको प्रसंगमा निर्णय गर्ने तयारी रहेको जनमत पार्टी सम्वद्ध पक्षको भनाइरहेको छ ।