मङ्लबार, चैत्र १४, २०७९

फिल्म ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौ चैत १,

आगामी चैत १७ गतेबाट रिलिज हुने फिल्म ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।

गीतमा फिल्मका प्रमुख तीन कलाकार शुभेच्छा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन् । फिल्ममा शुभेच्छाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गर्नुभएको छ ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेच्छा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथामा आधारित छ । फिल्मलाई गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गर्नुभएको हो ।

सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन र महेश पौडेलको  (WICA)  डीओपी छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728