मन्त्री र कर्मचारीको अनावश्यक विदेश भ्रमणमा रोक लगाउने सरकारको निर्णय
काठमाडौ चैत १,
सरकारले गत माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको विस्तृत अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको हो
सरकारले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिने कार्यादेश सहित प्रस्तुत दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला र सुनिल थापा तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहने गरि पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो ।