शनिबार, बैशाख १५, २०८१

विश्वासको मत लिएसंगै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रम प्रचण्डको तयारी

काठमाडौ चैत १,
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसंगै आफु नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको थाहा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको भोलीपल्ट अर्थात चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

  मन्त्रिमण्डल विस्तारको क्रममा सत्ता साझेदार दलसँग छलफल र परामर्श गर्दै कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दलका प्रतिनिधि सहित सरकारको विस्तार गर्ने तयारी गरेको  हो ।