शनिबार, बैशाख ८, २०८१

चर्को आलोचनासंगै राष्ट्रपति पौडेलको तस्वीर फेरियो

काठमाडौ चैत १,
राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो ।

देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनावश्यक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो ।

यसअघि शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठी समेत नदेखिनेगरि सम्पादन गरेको हटाइएको थियो भने छालाको रङ्गलाई पनि अनावश्यक सम्पादन गरिएको थियो ।