शनिबार, बैशाख १५, २०८१

राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिँदै, नवनिर्वाचि राष्ट्रपति पौडेलको सपथ सोमवार

काठमाडौं फागुन २८,

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गते देखि राष्ट्रपति पदको दोस्रो कार्यकालको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो ।

भण्डारीको कार्यकाल आजबाट सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । गतफागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमाले नेता सुवास नेम्वाङलाई पराजित गर्दै कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । नवनिर्वाचि राष्ट्रपति पौडेलले सोमवार पद तथा गोपनियताको समथ गर्ने कार्यक्रम रहेको छ ।