शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा ख्यातिप्राप्त बाँसुरीवादक श्रीनिवासनको नाद रंग कन्सर्ट हुँदै

ख्यातिप्राप्त बांसुरी वादक अश्विन श्रीनिवासन र तबलावादक ओजस अढियाको जुगलबन्दी

 काठमाडौं फागुन २८,
जयश्री संगीत समाजले आज राजधानीको जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ख्यातिप्राप्त भारतीय शास्त्रीय बांसुरी वादक अश्विन श्रीनिवासनको बाँसुरी कला प्रस्तुत गर्ने भएका छन।

समाजले काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजना गरेको “नाद रंग – कलर्स अफ साउन्ड, नाम दिइएको प्रस्तुत कन्सर्टमा श्रीनिवासनलाई तबलामा प्रख्यात तबलावादक ओजस अढियाले साथ दिने आयोजक संस्थाले जनाएको छ ।

यस अघि नेवा लिभिङ लेजेन्ड गायक भृगुराम श्रेष्ठको “माया रे रतन – भृगुराम श्रेष्ठ – लाइभ इन कन्सर्ट” २०१८, विरजु महाराजकी छात्रा कत्थक कलाकार शिखा खरेको प्रस्तुति “कत्थक रिदम्स एण्ड एक्सप्रेशन – २०१७”, पण्डित हरिप्रसाद चौरासिया लाइभ इन कन्सर्ट – २०१४, पोखरा एवं काठमाडौंमा “द मुड्स अफ मीड – सितार लाइभ इन कन्सर्ट – २०१३”, सरोदमा माएस्ट्रो डुएट्स – २०१२ को आयोजना गरिसकेका जयश्री संगीत समाजले प्रत्येक दुई महिनामा “जुगलबन्दी” शास्त्रीय संगीत कन्सर्टको आयोजना गर्दै आइरहेका छन ।

 नेपालको सांस्कृतिक परम्परा दाफा संगीतको संरक्षण एवं प्रवर्ध्नन गर्दै युवा पुस्तामा हस्तान्तरण गर्दै अघिबढ्ले लइउ अनुसार कार्यक्रमको सुरुवात दाफा म्युजिकका विभिन्न नेवाः र शास्त्रीय बाजाहरू फ्यूजन गरिएको सामूहिक प्रस्तुतिबाट हुने कार्यक्रमको शुभारम्भ हुने जानकारी सहित आयोजक संस्थाले आजको कार्यक्रमबाट संकलन हुने रकम संगीत विद्यार्थीहरूका लागि आवश्यकतानुसार छात्रवृत्ति प्रदान गरिने कार्ययोजना तय भएको जानकारी दिएका छन ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728