शनिबार, बैशाख ८, २०८१

मुद्दा दायर प्रकरण: माओवादी घटकले आज पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौं फागुन २८,
जनयुद्धकालिन माओवादी घटकका आठ राजनीतिक दलले आज सयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न जनयुद्धकालिन माओवादी घटकले पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको हो ।

 दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने पत्रकार सम्मेलनमार्फत मार्चा बनाएर जाने बिषयमा ठोस योजना सार्वजनिक गर्नुको अलावा आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरिने सम्भावना रहेको सम्वद्ध स्रोतमार्फत बुझिएको छ ।

द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायअनुसार निवारण हुनुपर्नेमा नियमित अदालती प्रक्रियाबाट अगाडि बढाइएको भन्दै त्यसको विरोधमा माओवादी पृष्ठभूमिका सबै दलहरू एक ठाउँमा उभिएको हो।