शुक्रबार, बैशाख १४, २०८१

पश्चिमी वायुको प्रभाव : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं फागुन २७,
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण आज अपरान्ह मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्ते महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ । कोसी बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।