शुक्रबार, बैशाख १४, २०८१

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता ,उजुरीको समय साँझ ६ बजेसम्म

काठमाडौं फागुन २७,
आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन प्रयोजनका लागि आज भएको उम्मेदवारी मनोनयनको क्रममा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निवाचन अधिकृतको कार्यालयले जनाएको छ ।  निर्वाचन अधिकृतको कार्यालयले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

नेकपा एमालेको तर्फबाट एक जना, जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ,सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा,जसपा संसदीय दलका नेता रामसहाय यादव, जसपाका राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी यादव समेतले उम्मेदवारी दर्ता गराएको छ ।

राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेका कारण राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग ९महिला वा अन्य० वा फरक समुदाय ९दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम० बाट उम्मेदवार हुनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्याललेजानकारी दिनुभएकेछ । ।

 शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू ।हेका छन भने समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन ।

 त्यस्तै, यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी हुनुहुन्छ भने भने समर्थकमा रेखा यादव, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन ।

त्यस्तै प्रमीलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहेका छन भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन रहेका छन ।

त्यस्तै, झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।