शुक्रबार, बैशाख १४, २०८१

उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादीको तर्फबाट दुई जनाको उम्मेदवारी

एमालेको तर्फबाट अष्टलक्ष्मी र जनमतको तर्फबाट झाको उम्मेदवारी

काठमाडौं फागुन २७,
उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट दुई जनाको उम्मेदवारी परेको छ । जसपाबाट प्रमिलाकुमारी यादव र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको हो ।
प्रमिलाको मनोनयनको प्रस्तावकमा सांसदहरू रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिष सुमन रहेका छन् भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिस सुमन रहेका छन।

त्यस्तै जसपा संसदीय दलका नेतासमेत रहेका रामसहायको उम्मेदवारी प्रस्तावकका सांसदहरू अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

यसैवीच नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमतपार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएको छ ।