बिहिबार, बैशाख १३, २०८१

उपराष्ट्रपति मनोनयन : जसपाका उम्मेदवार रामसहाय विरुद्ध उजुरी दर्ता

काठमाडौं फागुन २७,
आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन प्रयोजनका लागि आज भएको जसपाबाट उम्मेदवारी मनोनयन lbg’ePsf रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ताको क्रममा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले शुक्रबार दिएको निर्देशन विपरित रामसहाय प्रसाद यादवको उम्मेदवारी दर्ता भएको जनाउ सहित एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि [आइतबार] १२ बजेसम्म छानबिन गर्ने समय निर्धारण गरेको छ ।