शुक्रबार, बैशाख १४, २०८१

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं फागुन २५,
आज सम्पन्न् मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्पन्न सनर्वाचनमा राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम रहे पनि ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । संघीय सांसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

विजयी उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी नियमावली, २०७४ को नियम ४१ बमोजिम निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।