बिहिबार, बैशाख १३, २०८१

आज राष्ट्रपति निर्वाचन,नयाँ राष्ट्रपतिका लागि विहान १० बजेदेखि मतदान हुँदै

काठमाडौं फागुन २५ ,
आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
मुलुकमा संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि हुन लागेको प्रस्तुत राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन । पूर्वसभामुख पौडेललाइ नौ दलीय गठबन्धनको समर्थन रहेको छभने नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार रहेका छन ।
विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् अन्र्तगत दुवै सदनका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । त्यस्तै सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानत व्यवस्था रहेको छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख रहेको छ ।