सोमवार, बैशाख १७, २०८१

रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत के.सी विरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं फागुन ४,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनको सम्पतिको अनुसन्धान गर्दा स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएसंगै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो

आयोगका अनुसार केसीले २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८ असार ३० गतेसम्म ३ केसीको वैध आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा हुनेमा उनको खर्च ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ ७३ पैसा भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

साथै केसीले सरकारी सेवामा वहाल रहदा आर्जन गरेको अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको जनाएकोछ ।

त्यसतै के।सी।ले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती सुसिला पण्डितको नाममा जग्गाहरु खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेपछि निज विरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएकोछ ।