सोमवार, बैशाख १७, २०८१

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं फागुन ४,
स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो।

त्यस्तै सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने भएकोछ ।

 देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँने भएकोछ ।स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका अनुसार २८ वर्ष उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । यसअघि त्रिविमा स्ववियु निर्वाचन विसं २०१८–१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो ।