आइतवार, बैशाख १६, २०८१

माओवादी केन्द्रको स्थायी समिति बैठक: राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिबन्न नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं माघ २१,

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले आसन्न राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमतिबन्न नसके विचार मिल्नेसँग सहकार्य गर्ने नितिगत निर्णय गरेको छ।

 बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने विषयमा छलफल जानकारीदिनुभयो ।

 त्यस्तै नेता पौडेलले प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्डलाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीसँग छलफलका लागि आफूहरु खुला रहेको जानकारी दिदै सत्ता साझेदार दल एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न जारी राखेको बताउनुभयो ।

त्यस्तै आजको बैठकमा माघको २६ गतेदेखि ५ गतेभित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरुको समन्वय समितिको बैठक बस्ने,  त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी बुझ्ने निर्णय सहित माघ २६ गतेदेखि पार्टी फिल्डमा जाने तयारी भएको जानाकारी समेत दिनुभयो ।