शनिबार, बैशाख १५, २०८१

पदमुक्त पछि मन्त्रालयबाट बाहिरिँदै रविले भने-म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन

बालुवाटार पुगेर रविले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं माघ १३ ,
सर्वोच्च अदालतले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनवाइ गर्दै दोषी ठहरको फैसलागरेसंगै सांसद र रास्वपाका अध्यक्ष पद समेत गुमाएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिएका छन्।

अदालतको फैसलापछि आज साँझ गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा उनले भने, अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने ।”

सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ रु भनी पत्रकारले सोधेको प्रश्नमा लामिछानेले भने,“तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ, कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ , म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन ।

यसैवीच लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।  सर्वोच्च अदालतको फैसलासँगै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् ।