शुक्रबार, बैशाख १४, २०८१

आत्मदाह प्रयास गरेका आचार्यको उपचारको क्रममा निधन

काठमाडौँ माघ ११,
मंगलवार बानेश्वर चोकमा मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जानकारी दिएको हो ।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका आचार्यलाए प्रहरीले घटनास्थलबाट तत्कालै उद्धार गरि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो । तर पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेका कारण उपचारको क्रममा उनको धिन भएको हो ।

मंगलबार साँझ आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। आत्मदाह गर्नु अघि आचार्यले आफ्नो समाजिक सञ्जालमा यसवीचमा भोगेको मर्मस्पर्सी लामो आत्माकथा सहितको स्ट्याटस लेख्दै आत्मादाहको गर्नु पर्नाको कारण सार्वजनिक गरको थियो ।