शुक्रबार, बैशाख १४, २०८१

हाँस्य कलाकार गिरीको स्टाटसमा महानगर प्रमुख साहको टिप्पणी प्रति २.९ के. ले जनाए आलोचनात्मक  प्रतिक्रिया

काठमाडौ माघ ११,

काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले पछिल्लो समय सामाजिक सञ्जालमा जुहारी खेल्न थालेका छन् । उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका प्रमुख साहले मंगलवार हाँस्य कलाकार दीपकराज गिरीको वालमा लेखेको नयाँ कमेन्टले नयाँ आलोचना खेपी रहेका छन्।

हाँस्य कलाकार गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बालेनको समर्थनमै हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं। अब रवि, बालेनहरु आएका छन्। उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं।’भन्ने स्टाटसमा प्रतिक्रिया दिदै आक्रोशित भावमा ‘बालेनहरु भनेको कति जना हो? बालेन जस्तै अरु पनि २, ३ जना छन्रु छन् भने किन ५ वर्ष कुर्नु?  भन्ने भावको’ स्टाटस लेखेसंगै महानगर प्रमुखको प्रतिक्रिया उपर पछिल्लो समय यो समाचार तयारपार्दा सम्म अनेकन टिप्पणी २.९. के.आलोचनात्मक  प्रतिक्रिया जनाउँदै उक्त स्टाटस १३६ जनाले शेयर गरिसकेका छन ।

यस्तोछ महानगर प्रमुख साह प्रति व्यक्त आलोचनात्मक प्रतिक्रिया