बुधबार, बैशाख ५, २०८१

प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा [बोत्तल,जर्किनमा] बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

काठमाडौ माघ ११,

नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले साथै सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने चेतावनी सहित सूचना सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गर्दै जिप्रका काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरिएको जानकारीदिनु भएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031