शुक्रबार, बैशाख १४, २०८१

आज सर्वोच्चमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ हुँने

काठमाडौं माघ ११,
नेपाली नागरिकता नलिइ राष्ट्रियस्वतन्त्र पार्टी नामको राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री रवि लामिछानेको विरुद्ध सांसद पद खारेजको माग सहित दर्ता भएको रिट निवेदन उपर आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।

नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले दायर गरेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संबैधानिक इजलासमा हुने थाहा भएको छ ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो। उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाएको छ।

यसअघिको अदाललते “अदालतले २०७५- ३ -६ मा अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सातदिनभित्र झिकाउनु।” आदेशमा दिएको र अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको सर्वोच्च स्रोतले जनाएकोछ ।