शुक्रबार, बैशाख १४, २०८१

प्रदेशको संरचना,वित्तीय सुशासनलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी: प्रम प्रचण्ड

काठमाडौं माघ ९,
प्रधानमन्त्री प्रचण्डले प्रदेशको संरचना वित्तीय सुशासनलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी रहेको बताउनुभएकोछ । साथै उहाँले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको प्रम प्रचण्डको भनाइरहेको छ ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले प्रस्तुत अभिव्यक्ति दिनुभएको हो ।

प्रमको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, प्रदेशहरू आफैमा स्वायत्त तह हुन्उ नीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट रहेको र यसरमा केन्द्रले अनावश्यक हस्तक्षेप नगर्ने जनाउ सहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा जाने तयारीमा रहेको समेत बताउनुभएको छ ।