शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रिय परिचय पत्र विवरण संकलन वडाबाटै :महानिर्देशक भट्टराई

काठमाडौं माघ ८,
काठमाडौं महानगरका प्रत्येक वडा समितिबाट वितरण गर्ने तयारी भएको नागरिकको पहिचानलाई डिजिटल पहिचान गर्ने राष्ट्रिय परिचय पत्रका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुका लागि अभिमुखीकरण आयोजना गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण गर्दै विभागका महानिर्देशक तीर्थराज भट्टराईले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पु¥याउने लक्ष्यसहित योजना गरिएको बताउनुभयो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन २०७६, कार्यविधि २०७७ परिचय पत्रमा का कानुनी आधार हुन् । नाम थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना पर्छन् । यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ्ग, अनुहारको फोटोलगायत विवरण पर्छन् ।

परिचय पत्रका विषयमा जानकारी दिँदै महानिर्देशक भट्टराई भन्नुहुन्छ, यसप्रकारका विवरणबाट नागरिकको वास्तविक पहिचान प्रमाणीकरण हुन्छ । सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सामाजिक सुरक्षा, कर प्रणाली, राहदानी जस्ता सेवा यससँग आवद्ध हुने भएकोले सेवा वितरण र व्यवस्थापनमा सहज हुने र राष्ट्रिय परिचय पत्र वाहकलाइ १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइने पञ्जिकरण विभागले जनाएको छ।