बिहिबार, बैशाख १३, २०८१

मौसम पूर्वानुमान : सोमबारदेखि देशभर वर्षाको संभावना

काठमाडौं माघ ८,
जल तथा मौसम विज्ञान विभागले सोमबार रातिदेखि वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले पश्चिम नेपालबाट वर्षाको लहर उपत्यका भित्रिने संभावना रहेको जनाएको हो ।

त्यस्तै हिमाली भेगमा यसवीचमा साताव्यापी हिमपातको सम्भावना रहेको जनाउँदै यसवर्ष निकै ढीलो हिउँदमा वर्षाको संभावना देखिएको विभागले जनाएकोछ ।

साथै विगत वर्षको तुलनामा यसवर्ष डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको जनाउँदै हिउँदमा पानी कम पर्दा पानीका मुहानहरु सुक्नुको अलावा वायु प्रदूषण बढ्ने प्रवल संभावना रहन्छ ।

त्यस्तै विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराईका केही भू-भागहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध समेत गरेको छ।