शनिबार, बैशाख १५, २०८१

शनिवार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुने

 काठमाडौं माघ ५ ,
आज बसेको प्रतिनिधि सभाको बैठकले सभामुख चयन गरेसंगै आगामी माघ ७गते प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुने भएको छ ।

प्रतिनिधि सभाका उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।

त्यस्तै उक्त समयमा प्रतिनिधि सभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता सचिवालयले जनाएको छ ।

त्यस्तै, सोही दिन अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ भने माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचनको प्रक्रियागत कारवाही शुरु हुनेछ ।