बिहिबार, बैशाख १३, २०८१

प्रतिनिधि सभाको सभामुखमा एमाले सांसद घिमिरे निर्वाचित

काठमाडौं माघ ५ ,
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्ताव उपर छलफल पछि सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

सत्तागठबन्धनको समर्थन प्राप्त झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका घिमिरेले मतविभाजनको क्रममा १६७ मत प्राप्त गर्नुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । न्यौपाने नेपाली कांग्रेसकी प्रतिनिधिसभा समानुपातिक सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको थियो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठकमा २६८ सांसद उपस्थित रहेको र प्रस्तुत उपस्थित सख्या सभाको बहुमत  भएकाले ज्येष्ठ सदस्य राणाले जानकारी दिदै घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।