शनिबार, बैशाख १५, २०८१

एमाले अध्यक्ष ओलीलाइ काँग्रेस सासंद शर्माको प्रश्न- संविधानले नचिन्ने संयन्त्रको संयोजक किन बन्नुभयो ?

माछा र ढोक्साको कथा हालेर  प्रधानमन्त्रीलाइ  कसिलो   पिँजडामा राख्ने प्रयास  हुँदै गरेको  सासंद शर्माको आरोप 

काठमाडौं माघ ५ ,
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख पदमा काँग्रेसका उम्मेदवार न्यौपानेलाइ निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेक्रममा भएको छलफलमा वोल्दै नेपाली काँग्रेसका सासंद विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने अभिव्यक्ति दिएका नेकपा एमालेका अध्यक्ष केपी ओली लक्षित हुँदै प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष ओलीले पिँजडामा राख्ने प्रयास गर्दै आएको बताएका छन्।

त्यस्तै उहाँले संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने भन्दै भने हामीले ढोक्सा थापेका छैनौं। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन। तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने दिन पनि आएके बताउनुभयो ।

साथै, उनले एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नै नचिन्ने बताए। ०७४ सालमा हामीले उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभयो, तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ। संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयो  सासंद शर्माले भने।