शनिबार, बैशाख १५, २०८१

इन्जिनियर साह  घुसरकम सहित रङ्गेहात कार्यकक्षबाट अख्तियारको नियन्त्रणमा

काठमाडौं माघ ३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस दिै गरेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले इन्जिनियर साहलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा रकम सहित कार्यकक्षबाट नियन्त्रणमा लिएको जनाउँदै निजउपर थप आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।