मङ्लबार, बैशाख ४, २०८१

माघ ५ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित

 काठमाडौं माघ ३,
संघीय संसद् सचिवालयले आज सभामुख निर्वाचनको कार्यक्रम प्रकाशित गरेको छ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न दिएको निर्देशन अनुरुप सचिवालयले सभामुख निर्वाचनको कार्यक्रम प्रकाशित गरिएको हो ।

माघ ५ गते हुने सभामुख निर्वाचनको सचिवालयले प्रकाशित कार्यक्रम अनुसार प्रतिनिधि सभा सभामुखको निर्वाचनको बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता ,बुधबारनै दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन र माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचनको प्रत्रिया सहितको प्रस्ताव टेवल गरिने कार्यतालिका रहेको छ ।