बिहिबार, बैशाख १३, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत

 काठमाडौं माघ ३ ,
बागमती प्रदेशका लागि नव नियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । विभिन्न राजनैतिक दलका निर्वाचित र समानुपातिक गरि कूल एक सय १० सदस्यमध्ये सभामुख वाहेक एक सय नौ सदस्यले मतदानमा भाग लिनुभएको थियो ।

मतदान पछि घोषित मतपरिणाम अनुसार पक्षमा एक सय पाँच मत र विपक्षीमा नेमकिपाको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सदस्यले मात्र विपक्षमा मतदान गर्नुभएको थियो ।

यसरी मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मतदान गर्नुभएको थियो । मतपरिणाम घोषणासंगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गरिएको छ ।